काभा बोर्ड अफ एड्मिनिस्ट्रेसनको शनिबार बसेको भर्चुअल बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो।
उक्त प्रतियोगिता पहिलोपटक आउटडोर स्वरूपमा आयोजना गरिँदै थियो। नोभेम्बर १५ देखि २२ सम्म काठमाडौंमा लिग सञ्चालन हुने तय गरिएको थियो। यसमा सेन्ट्रल एसियाका विभिन्न मुलुकका महिला टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको थियो।