Ipo.aspx merolagani - बाग्राम हवाई अड्डा कब्जामा लिने ट्रम्पको घोषणाले तरंग, ‘सहन नसक्ने’ चीनको टिप्पणी, अमेरिका—चीन युद्ध भडकिन सक्ने खतरा

बाग्राम हवाई अड्डा कब्जामा लिने ट्रम्पको घोषणाले तरंग, ‘सहन नसक्ने’ चीनको टिप्पणी, अमेरिका—चीन युद्ध भडकिन सक्ने खतरा

Sep 20, 2025 03:44 PM mero lagani

बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको बाग्राम हवाई अड्डालाई अमेरिकाले फेरि कब्जामा लिने घोषणा गरेका छन् ।

ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् । उनले बग्राम हवाई अड्डा चीनको सिनजियाङबाट नजिक रहेको र उस्ले त्यहाँ आणविक हतियार निर्माण गरिरहेको दावी गर्दै त्यो जसरी पनि नियन्त्रणमा लिने घोषणा गरे । ‘चीनको सिनजियाङबाट एक घण्टाको सडक दूरीमा रहेको यो रणनीतिक महत्वको हवाई अड्डालाई अमेरिका छिट्टै नियन्त्रणमा लिने’ उनले घोषणा गरे ।

अफगानिस्तानको राजधानी काबुलबाट लगभग ४० किलोमिटर टाढा रहेको यो अड्डा अफगानिस्तान गृहयुद्धमा परेको समयमा केही वर्ष अमेरिकी नियन्त्रणमा थियो । सन् २०२१ मा अमेरिकी सैनिकले अफगानिस्तान छोडेपछि उक्त हवाई अड्डा स्वतः अफगानिस्तानको नियन्त्रणमा पुगेको थियो ।

चीनको कडा प्रतिक्रिया 

चीनले ट्रम्पको भनाइप्रति कडा आपत्ति जनाएको छ। चिनियाँ विदेश मन्त्रालयले यस्ता कार्यहरूले तनाव बढाउने र क्षेत्रमा अस्थिरता सिर्जना गर्ने बताएको छ। बेइजिङले जोड दिएको छ कि अफगानिस्तानको भविष्य र सुरक्षा बाह्य सैन्य हस्तक्षेपबाट होइन, आफ्नै जनताले निर्णय गर्नुपर्छ।

विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भनेका छन्—चीनले अफगानिस्तानको क्षेत्रीय अखण्डता र सार्वभौमिकताको सम्मान गर्दछ। क्षेत्रमा तनाव भड्काउनुले कसैको उद्देश्य पूरा गर्दैन। अमेरिकाले त्यस्तो प्रयास गर्यो भने हामीले सहन सक्ने छैनौं ।

अफगानिस्तानले पनि ट्रम्पको प्रस्तावलाई सिधै अस्वीकार गरेको छ । विदेश मन्त्रालयका अधिकारी जाकिर जलालले सामाजिक सञ्जालमा भनेका छन् कि काबुल अमेरिकासँग वार्ता गर्न तयार छ, तर कुनै पनि परिस्थितिमा अमेरिकी सेनालाई अफगानिस्तानमा आधारहरू पुनस् स्थापना गर्न अनुमति दिइने छैन । उनले भनेका छन—अफगानिस्तान र अमेरिकाले पारस्परिक सम्मान र साझा हितमा आधारित राजनीतिक र आर्थिक सम्बन्ध अगाडि बढाउनुपर्छ, तर कुनै पनि भागमा अमेरिकी सैन्य उपस्थिति सहन गरिने छैन ।

व्यापार युद्धका कारण अमेरिका र चीन बीच तनाव कायम रहेकै बेला बाग्राम हवाई अड्डा कब्जामा लिने ट्रम्पको घोषणा र त्यस्तो प्रयास गरिए सहन नसक्ने चीनले तत्कालै दिएको कडा जवाफले दुर्य देशबीचको तनाव फेरि बढ्न सक्ने देखिएको छ । कतिपय विश्लेषकहरुले अमेरिकाले त्यस्तो प्रयास गरे, त्यसलाई रोक्न चीनले पनि अमेरिकामाथि सैन्य कारवाही गर्न सक्ने र दुई देशबीच युद्ध भड्किन सक्ने आसंका गरेका छन् ।

comments powered by Disqus

बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।