Ipo.aspx merolagani - नेप्सेमा भाँडभैलो, नवनियुक्त अध्यक्षमाथि नेप्सेका कर्मचारीको अमर्यादित व्यवहार

नेप्सेमा भाँडभैलो, नवनियुक्त अध्यक्षमाथि नेप्सेका कर्मचारीको अमर्यादित व्यवहार

Sep 23, 2025 01:48 PM merolagani

नेपाल स्टक एक्सचेन्ज एक्सचेन्ज(नेप्से)का कर्मचारीले मङ्गलवार भाँड भैलो गरेका छन्। नव नियुक्त नेप्सेका अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गर्दै भाड भैलो गरिरहेका हुन्।

नेप्सेको अध्यक्ष भएर आए लगत्तै बस्यालले कर्पोरेट स्टाइलमा काम गर्न सुरु गरेका थिए। तर कर्मचारीलाई भने उनको कार्यशैली मन परेको थिएन। आएको केही दिनमै कर्मचारीहरूलाई विभिन्न निर्देशन दिन थालेपछि कर्मचारी आक्रोशित भएको बताइएको छ।  

कर्मचारीहरूले अध्यक्षको चेम्बरमा चर्काचर्की गर्दै अध्यक्षको अपमान गरेका छन्। करिब एक घण्टा जति कर्मचारीले अमर्यादित व्यवहार गरेपछि बस्याल कार्यालय छोडेर घर तीर लागेका छन्। 

 

comments powered by Disqus

बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।