Ipo.aspx merolagani - दशैँ बिदापछि आजदेखि खुल्दै शेयर कारोबार, कस्तो रहला बजार?

दशैँ बिदापछि आजदेखि खुल्दै शेयर कारोबार, कस्तो रहला बजार?

Oct 07, 2025 06:30 AM Merolagani

दशैँ बिदापछि आजदेखि शेयर कारोबार खुल्दैछ। दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात असोज १२ गते, आइतबार, नेप्से परिसूचक ०.४३ प्रतिशत बढेर बन्द भएको थियो।

सो अघिको बिहीबार २६५२.०० विन्दुमा बन्द भएको नेप्से, सो दिन ११.५१ अंक बढेर २६६३.५१ विन्दुमा पुगेको हो।

दशैँ तिहार बिचका कारोबार दिनहरुमा शेयरबजार प्रायः सुस्त हुने गरेको विगतमा हामी देख्न सक्छौँ। लगानीकर्ताहरु फेस्टिभ मुडमा हुने भएकाले बजारमा अन्य समयमा जस्तो खासै कारोबार देखिदैन।

टेवा क्षेत्र नजिक

दशैँ अघि नेप्से परिसूचक टेवा क्षेत्र नजिक बन्द भएको थियो। हाल नेप्सेको टेवा क्षेत्र २५८० देखि २६१० सम्म रहेको छ। आगामी दिनमा नेप्से उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता बलियो

दशैँ अघिको अन्तिम कारोबार दिन नेप्सेमा हरियो मैनबत्ती बनेको छ। यसले सो दिन बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

दशैँ अघिका अन्तिम कारोबार दिनहरुमा नेप्सेको भोल्यूम कमजोर देखिएको थियो। दशैँ अघिको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब १५ करोड रहेको थियो। दशैँ अघिका ४ कारोबार दिनमा नेप्सेमो भोल्यूम २० दिने औषत भोल्यूमभन्दा कम रहेको थियो।

बियरिश प्रवृत्ति

दशैँ अघि नेप्से परिसूचक बियरिश प्रवृत्तिमा रहेको थियो। सो दिन नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको थियो। साथै, यी दुबै रेखाहरु नकारात्मक क्षेत्रमा रहेका छन्। नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको थियो। यद्यपि, एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी साँघुरिएको छ भने हिस्टोग्रामको उचाई घट्दो क्रममा रहेको छ। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ। जसले आगामी दिनमा नेप्से बढ्ने संकेत गर्दछ।

बिक्री चाप बढी

दशैँ अघि नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोन रहेको छ। यसले बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।