Ipo.aspx merolagani - मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 07, 2025 08:43 AM Merolagani

असोज २१ गते, मंगलबार, मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २२ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउन तथा फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

फाइनान्सले असोज ३१ गते, शुक्रबार, थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।