Ipo.aspx merolagani - दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन

दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन

Nov 03, 2025 06:16 AM Merolagani

कात्तिक १७ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वाणिज्य बैंकहरुको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सिद्धार्थ बैंक (SBL) र सिटिजन्स बैंक इन्टरनेशनलको मूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई बैंकहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन दुबैं बैंकहरुको ५–५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सिद्धार्थको शेयरमूल्य ३४९ रुपैयाँ ५२ पैसा कायम भएको छ भने सिटिजन्सको २०२ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी बैंकहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा सिद्धार्थ बैंकको शेयर प्रतिकित्तक ३६७ रुपैयाँमा कारोबार भएको थियो भने सिटिजन्स (CZBIL) को शेयर प्रतिकित्ता २१२ रुपेयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी बैंकहरुको शेयर कारोबार खुल्नेछ।
सिद्धार्थ बैंकले कात्तिक ३० गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा चौबीसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक नियुक्ति र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको अधिक खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

यता सिटिजन्स बैंकले भने हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ।

comments powered by Disqus

अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।