Ipo.aspx merolagani - सुन र चाँदीको मूल्य घट्यो, कारोबार कतिमा हुँदैछ ?

सुन र चाँदीको मूल्य घट्यो, कारोबार कतिमा हुँदैछ ?

Nov 04, 2025 10:52 AM Merolagani

कात्तिक १८ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ४०० रुपैयाँले र चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै, यस दिन चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ । आज मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।