Ipo.aspx merolagani - प्रतिरोध क्षेत्रमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, हेरौँ कम्पनी विश्लेषण

प्रतिरोध क्षेत्रमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, हेरौँ कम्पनी विश्लेषण

Nov 08, 2025 05:15 PM Merolagani

यस साता लगानी उपसमूहको परिसूचक ०.२३ प्रतिशत घटेको छ। गत साता २०५.३० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.२४ अंक घटेर १०५.०६ विन्दुमा बन्द भएको छ।

सोही उपसमूहमध्येको एक कम्पनी हो, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN)।

यस साता सो कम्पनीको शेयरमूल्य १०९ रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन २ हजार ३६ रुपैयाँ रहेको यस कम्पनीको अन्तिम मूल्य, यस साता बढेर २ हजार १४५ रुपैयाँ पुगेको छ।

प्रतिरोध क्षेत्रमा

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य प्रतिरोध क्षेत्रमा रहेको छ। हाल कम्पनीको प्रतिरोध क्षेत्र २ हजार १३० देखि २ हजार १९५ सम्म रहेको छ। नेप्सेले आगामी दिनमा सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा २ हजार ३०५ देखि २ हजार ३७० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरी तल झरेमा भने १ हजार ९५० देखि २ हजार १५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ। यसले यस साता कम्पनीको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने कम्पनीको शेयरमूल्यले लंग लेग्ड डोजी मैनबत्ती बनाएको छ। मूल्य बढ्दो क्रममा रहेको बेला बनेको यस्तो डोजीले आगामी दिनमा कम्पनीको शेयरमूल्य रिभर्स हुनसक्ने संकेत गर्दछ।

एआई सिग्नल

मेरो लगानी एआईले हालसम्म कम्पनीको शेयरमा कुल १३ पटक बाइ सिग्नल दिइसकेको छ। जसमध्ये १३ सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए भने २ सिग्नलमा स्टप लस गर्नु परेको थियो। हाल मेरोलगानी एआईले कम्पनीको शेयरमा कुनै सिग्नल दिएको छैन।

बलियो भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि बलियो रहेको छ। यस साता कम्पनीको दैनिक औषतमा १ लाख १८ हजार ९७६ कित्ता शेयर कारोबार भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ८० हजार २१६ कित्ता रहेको छ। गत साताको दैनिक औषत भोल्यूम, २० दिने औषत भोल्यूमको तुलनामा ४८.२३ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साताको कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ भने यी दुई रेखा बीचको दूरी फराकिलो बन्द गइरहेको छ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा माथि रहेको छ। यसले हाल कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि साताको अन्तिम कारोबार दिन भने कम्पनीको हिस्टोग्रामको उचाई घटेको छ।

खरिदचाप बढ्दै

साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा कम्पनीको शेयरमूल्य न्यूट्रल जोनबाट ओभरबट जोनतर्फ पुगेको छ। यसले सो साता कम्पनीको शेयरमा खरिदचाप बढ्न थालेको संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० गुणा अर्थात ८८९.०४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको वित्तीय आम्दानी, लाभांश आम्दानी घट्दा पनि लगानी बिक्रीबाट उल्लेख्य नाफा भएका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी ४३.४८ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १८.६५ प्रतिशत घटेको छ। सो अवधिसम्ममा कम्पनीले लगानी बिक्रीबाट ९० करोड ९ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ। जसका कारण कम्पनीको कुल आम्दानी ९०० प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च १ करोड १२ लाख रुपैयाँबाट बढेर ११ करोड ३८ लाख रुपैयाँ पुगेको छ।

१ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ७२ करोड २० लाख रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४६ रुपैयाँ ६९ पैसा बढेर ५२ रुपैयाँ २३ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ १५ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ४१.०७ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ८.५७ गुणा रहेको छ।

आधारभुत अवस्था

हाल नेप्सेमा कम्पनीको १ करोड २८ लाख ४३ हजार ७२२.९० कित्ता शेयर सूचीकृत छन्। कम्पनीको १८० दिने औषत मूल्य २ हजार १४५ रुपैयाँ रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य २ हजार ४४४ रुपैयाँ रहेको छ भने न्यून मूल्य ८९५ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण २७ अर्ब ५४ करोड ९७ लाख ८५ हजार ६२० रुपैयाँ ५० पैसा रहेको छ।

ब्रोकर ५८ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ५८ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको १ लाख ५८ हजार ५२७ कित्ता शेयर खरिद गरेको हो। त्यसैगरी, यस साता सोही ब्रोकरले कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको १ लाख ६६ हजार ६६० कित्ता शेयर बिक्री गरेको छ।

न्यूट्रल जोनमा

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले न्यूट्रल जोनमा रहेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus