Ipo.aspx merolagani - उल्लेख्य बढ्यो अप्पर स्याङ्गेको विद्युत बिक्री आम्दानी, नाफा कति?

उल्लेख्य बढ्यो अप्पर स्याङ्गेको विद्युत बिक्री आम्दानी, नाफा कति?

Nov 13, 2025 09:28 AM Merolagani

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड (USHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९८.२१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६३ लाख ५४ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा पनि ऋणात्मकबाट धनात्मक भएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९ लाख १६ हजार रुपैयाँ धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २४३.५२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३७ लाख ११ हजार रुपैयाँ ऋणात्मकबाट ८५ लाख ९१ हजार रुपैयाँ धनात्मक भएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २४ रुपैयाँ १७ पैसा ऋणात्मकबाट १ रुपैयाँ ६७ पैसा धनात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ २५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०३.२९ गुणा रहेको छ।

२२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड ७० लाख रुपैयाँ ऋणात्मक छ।

comments powered by Disqus

एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

Nov 12, 2025 10:19 AM

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।