Ipo.aspx merolagani - नेपाली बजारमा ‘होन्डा अल न्यू सीआर भी’ गाडीको औपचारिक बिक्री सुरु

नेपाली बजारमा ‘होन्डा अल न्यू सीआर भी’ गाडीको औपचारिक बिक्री सुरु

Nov 26, 2025 12:38 PM merolagani

नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर–भी’ को बिक्री वितरण औपचारिक रुपमा सुरु भएकाेछ। 

नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्ना ग्राहकहरूको बढ्दो चाहना र मागलाई मध्यनजर गर्दै नयाँ एसयूभीको बिक्री सुरु गरेको हो ।

यो नयाँ एसयूभीमा अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सहरूको उत्कृष्ट संयोजन गरिएको छ। यसमा शक्तिशाली १.५ लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको कम्पनीले जनाएको छ । गाडीको इन्टेरियर र सुविधाहरूमा वेलकम सिट, फुल एलइडी लाइट र पानोरामिक सनरुफ समावेश रहेको कम्पनीको दावी छ ।


साथै, चालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै यसमा प्लाज्मा क्लस्टर प्रविधि प्रयोग गरिएको छ । यसमा १० थान एयर व्याग भएकाले यात्रालाई थप सुरक्षित बनाउँछ। यस गाडीमा २१० एम् एम् ग्राउण्ड क्लिअरेन्स रहेको छ । जसले गर्दा कच्ची बाटोमा पनि यो एउटा राम्रो विकल्प हुन सक्छ । यसमा १०.२ इन्चको टिएफटी टच डिस्प्ले , चालकको सहजताका लागि ड्राइभर मेमोरी सिट र उत्कृष्ट साउन्ड अनुभवका लागि १२ वटा बोस प्रिमियम स्पिकर्स जस्ता ‘प्रिमियम फिचर्स’ हरू रहेका छन्।


सुरक्षाको हिसाबले पनि यो गाडीमा अडास लेभल २ (ADAs\ Level 2)  जडान गरिएको छ र जसले यात्रालाई सुरक्षित बनाउँछ। यो गाडी ७ सिटर क्षमतामा उपलब्ध भएकाले ठूलो परिवारका लागि समेत उपयुक्त हुनेछ । यसको शक्तिशाली इन्जिन, सस्पेन्सन र डिजाइनलाई हेर्दा नेपालको बाटोमा ‘पर्फेक्ट राइड’ को लागि यो गाडी एक उत्कृष्ट विकल्प हुन सक्ने कम्पनीले जनाएको छ ।

यो गाडीले नेपाली ग्राहकहरूको यात्राको अनुभवलाई अझै विशेष बनाउनेछ। कम्पनीका अनुसार ‘होन्डा अल न्यु सीआर–भी’ चार आकर्षक रङहरू(कालो (ब्ल्याक), सेतो (ह्वाइट), निलो (ब्लु) र सिल्भरमा उपलब्ध हुनेछन्।

कम्पनीका अनुसार, ग्राहकहरूका लागि विश्वस्तरीय प्रविधि र सुविधायुक्त गाडीहरू भित्र्याउन कम्पनी सधैँ प्रतिबद्ध छ। ‘होन्डा अल न्यु सीआर–भी’ ले नेपालको एसयूभी सेग्मेन्टमा लक्जरी र पर्फर्मेन्सको नयाँ उदाहरण बन्नेछ भन्नेमा कम्पनी पूर्णरुपमा विश्वस्त छ।

comments powered by Disqus