नयाँ टाटा सियरा पेट्रोल र डिजेल इन्जिनमा सार्वजनिक भएको हो । जसमा १.५ लिटर पेट्रोल र १.५ लिटर टर्बो मोटर रहेको । टाटाले नयाँ सियरामा ट्रिपल स्किन सेटअप, भेन्टिलेटेड फ्रन्ड सिटहरु, प्यानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा, ६ एयरब्याग, ४–स्पोक स्टेयरिङ ह्रिल, एम्बियन्ट लाइटिङ, वायरलेस फोन चार्जरलगायतका विभिन्न सुविधाहरु समावेश गरेको छ ।

यो एसयूभी भारतको शोरुमहरुमा ११.२९ लाख भारतीय रुपैँया सुरुवाती मूल्यमा लन्च भएको हो । लन्च हुनुअघि नै कतिपय शोरुमहरुले यो एसयूभीको बुकिङ समेत खुलाएका थिए । कम्पनीका अनुसार, यो एसयूभी खरीद गर्नेहरुले विभिन्न ६ वटा कलरमा गाडी छनौट गर्न सक्नेछन् ।
जसमध्ये बंगाल रुज (रातो), मिन्टल खैरो, अण्डमान एडभेन्चर (पहेंलो), प्रिस्टाइन सेतो, मुन्नार मिस्ट (हरियो/खैरो), कुर्ग क्लाउड्स (चाँदी÷हल्का खैरो) कलरका गाडीहरु ग्राहकले छानी छानी खरिद गर्न सक्ने विकल्प रहेका छन् ।
टाटा सियरामा समावेश यी हुन मुख्य सुविधा र फिचरहरुः
- ४–स्पोक स्टेयरिङ ह्वील
-वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले
-प्यानोरामिक सनरुफ
-स्वचालित डिमिङ IRVM
-डल्बी एटमस ट्युन गरिएको अडियो प्रणाली
-एम्बियन्ट लाइटिङ
-वायरलेस फोन चार्जर
-भेन्टिलेटेड अगाडिका सिटहरू
-३६०–डिग्री क्यामेरा
-६ एयरब्यागहरू
-इलेक्ट्रोनिक स्थिरता नियन्त्रण
-ABS सहितको EBD
-पछाडिको पार्किङ सेन्सरहरू
-टायर प्रेसर निगरानी प्रणाली
-स्तर २ ADAS