Ipo.aspx merolagani - सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

Nov 27, 2025 11:04 AM Merolagani

मंसिर ११ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो भने चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार यस्तो सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार तोलाको ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी भने यस दिन ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ।

comments powered by Disqus