जसमध्ये एफई२ र एफई ३ हुन् । जसको मूल्य भारतका महिन्द्रा शोरुमहरुमा २३.६९ लाख भारतीय रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ ।

यसअघि ल्याएको बीई ६ फर्मुलाको ई संस्करणले धेरै डिजाइन र सुविधाहरु अपग्रेड गरेको छ । यो चार कलरमा बजारमा आउनेछ । स्टेल्थ ब्लाक, ट्याङ्गो रातो, एभरेष्ट सेतो र फायरस्टम सुन्तला कलरमा लन्च हुनेछ ।
यो एसयूभीको विशेष संस्करणमा नयाँ गोलाकार एलइडी प्रोजेक्टर हेडल्याम्पहरु, नक्कली र चाँदीको ब्याश प्लेटको साथ अगाडि पछाडि परिमार्जित स्वरुपका बम्परहरु रहेका छन् ।
यसले नयाँ एरो डिजाइनको साथ ठूला २० इन्ट एलोय ह्रीलहरु पनि पाउँछ । अन्य मुख्य हाइलाइटहरुमा अगाडीको क्वार्टर प्लानलहरुमा डेकलहरु, बम्पररुमा कालो बडी क्ल्याडिङ, फिक्स गिलास रुफलगायतका अन्य सुविधाहरु उपलव्ध छन् ।
यसमा सिट र ड्यासबोर्डमा ई लोगोसहितको फायरस्ट्रोम ओरेन्ज क्याबिन थिम, प्लेक र सिटबेल्टमा एफआइएको लोगो ब्रान्डिङ गरिएको छ । बाहिरी इन्जिन ध्वनीहरु ई(इलेक्ट्रिक) प्रेरित स्टार्टअप एनिमेसनहरु हुन् ।
यो एसयूभीमा ६९ किलोवाट ब्याट्री प्याकअप, रियरएक्सल माउन्टेन गरिएको इलेक्ट्रिक मोटरसँग जोडिएको छ । जसले २८६ बीएचपीको पावर र ३८० एनएम टर्क प्रदान गर्दछ । यो सेटअपले एकपटक गाडी चार्ज गरेपछि ६८२ किलोमिटरको दायरा पूरा गर्ने कम्पनीको विश्वास छ ।