इभी विभिन्न ६ भेरियन्टहरुमा उपलव्ध हुनेछन् । ७ सिटे इलेक्ट्रिक एसयूभी XEV 9S का विभिन्न भेरियन्टहरु उपलव्ध हुनेछन् । जसमा प्याक १, प्याक १ भन्दा माथि, प्याक २, प्याक २ भन्दा माथि, प्याक ३, प्याक ३ भन्दा माथि गरेर फरक-फरक मूल्यमा महिन्द्राका विभिन्न शोरुमहरुमा उपलव्ध हुनेछन् ।

६ वटै भेरियन्टमा उपलव्ध हुने यी इभीको मूल्य १९.९५ लाख भारतीय मूल्यदेखि सुरु भएर २९.४५ लाख भारतीय रुपैयाँसम्ममा सबै शोरुमहरुमा उपलव्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, यी एसयूभी खरिद गर्ने ग्राहकहरुले आगामी सन् २०२६ जनवरी ५ देखि गाडीको टेस्ट ड्राइभ गर्न पाउनेछन् । कम्पनीले ती गाडीहरुको आधिकारीक बुकिङ २०२६ जनवरी १४ गतेदेखि सुरु गर्नेछ भने २०२६ जनवरी २३ देखि गाडी डेलिभरी गरिसक्ने तालिका सार्वजनिक गरेको छ ।
६ वटा भेरियन्टको मूल्य कति ?
यो एसयूभीका विभिन्न ६ वटा भेरियन्टमा उपलव्ध भएअनुसार त्यसको मूल्य पनि फरक-फरक रहेको छ । जसमा ५९ किलोवाटको प्याक १ को मूल्य १९.९५ लाख, ७९ किलोवाट क्षमताको प्याक १ भन्दा माथिको एसयूभीको मूल्य २१.९५ लाख, ७० किलोवाटको प्याक २ को मूल्य २४.४५ लाख, ७९ किलोवाटको प्याक २ को मूल्य २५.४५ लाख, ७९ किलोवाट क्षमताको प्याक ३ को मूल्य २७.३५ लाख र ७९ किलोवाटको प्याक ३ भन्दा माथिको मूल्य २९.४५ लाख भारतीय रुपैयाँ कायम गरिएको छ ।
यस्ता छन् मुख्य सुविधा तथा विशेषता
कम्पनीका अनुसार, प्रिमियम अफर भएकाले पनि यो एसयूभीका धेरै उन्नत सुविधाहरु उपलव्ध छन् । ट्रिपल स्क्रिनहरु, स्लाइडिङ र रिक्लाइनिङसहितका दोस्रो पंक्तिका सिटहरु, प्यानोरामिक सनरुफ, लाउन्ज डेस्क, एम्बियन्ट लाइटहरु, भेन्टिलेटेड सिटहरु, ५जी कनेक्टिभिटी भएको, आर एलइडीसहितको एक्यूआइ फिल्टर, डुअल जोन क्लाइमेट कन्ट्रोल, १६–स्पीकर कर्मन कार्डन अडियो, ७ एयरब्यागहरु, ५४० डिग्री क्यामेरा, क्लोज अफ ग्रिल, त्रिकोणीय एलइडी हेडल्याम्पहरु, स्मोक्ड एलईडी टेलल्याम्प र परिवर्तीत पछाडिको बम्परसमेत समावेश गरिएको छ ।
नयाँ XEV 9S ७ सिटर एसयूभीको लम्बाइ ४७३७ मिमी, चौडाइ १९०० मिमी र उचाइ १७४७ मिमी रहेको छ भने २०१ मिमीको ग्राउन्ड क्लियरेन्स छ ।