Ipo.aspx merolagani - नेपालमा केही हुन्न भन्ने भाष्य चिर्न जरुरीः अध्यक्ष ढकाल

नेपालमा केही हुन्न भन्ने भाष्य चिर्न जरुरीः अध्यक्ष ढकाल

Dec 01, 2025 03:30 PM merolagani

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् ।

सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले नेपालकै पुँजी पनि धेरै ठूला आयोजना बनाउन सकिने बताए । नेपालमा ठूला पूर्वाधार बनाउनका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडीपी) बनाइएको बताए। उनकाअनुसार त्यसमा धेरै व्यवसायी समेटेर नेपालकै पुँजी परिचालन गरेर ४०/५० अर्बका प्रोजेक्ट बनाउन थालिएको छ । ढकालले नेपालमै लगानीको वातावरण रहेको सन्देश दिनका लागि पनि एनडीपीको योजनालाई अघि बढाइएको बताए । अध्यक्ष ढकालले आम व्यवसायीसँगै नागरिकको मनोबल उकास्ने गरी अब सरकारले काम गर्न जरुरी रहेको बताए ।

महासंघ अध्यक्ष ढकालले भने–‘वास्तवमा सुरक्षाको कुरा एकदमै महत्वपूर्ण भएको छ । आउने दिनमा कुनै एउटा व्यवसायी, व्यक्ती भन्दा पनि आम नागरिकलाई कन्फिडेन्ट दिने खालको सुरक्षा प्रवन्ध मिलाइनुपर्छ ।’

सोही कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरन्द्रबहादुर पाण्डेले मुलुकमा चुनावपछि निजी क्षेत्रले लगानीको वातावरणमा सुधार हुने अपेक्षा राखेको बताए । उनले निर्वाचन अघि बनेको यो सरकारले नीतिगत कुराहरुलाई समेत प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

अध्यक्ष पाण्डेले भने–‘अर्थतन्त्रको कुनै एउटा क्षेत्रलाइ असर पर्दा त्यसको असर समग्र अर्थतन्त्रलाइ नै पर्छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै दीगो विकासका लागि नीतिगत तथा कानुनी सुधार गर्नुपर्छ ।’

अध्यक्ष पाण्डेले जेनजी आन्दोलनपछिको सिथिलतालाई सबै मिलेर सामना गर्दै सबल अर्थतन्त्रका लागि अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

comments powered by Disqus

६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।