गभर्नर पौडेलकाअनुसार उद्योगी, व्यवसायीहरुसँग छलफल गरेर बैंकका सिइओहरुले त्यस्ता प्याकेजहरु डिजाइन गर्नुपर्छ । अहिलेका प्याकेजहरु त्यसरी डिजाइन नगर्दा प्रभावकारी रुपमा ऋण प्रवाह हुन सकेको छैन र ब्यापक रुपमा बैंकमा पैसा थ्रुपिएको छ । उनले बैंकहरुको प्रोडक्ट मौद्रिक नीतिअनुसार नआउने गरेको समेत बताए ।

गभर्नर पौडेलले भने– ‘बैंकको फाइनान्शीयल प्रोडक्सहरु मोनटिरी पोलिसीअनुसार नयाँ आइरहेको देखिँदैन । कतिपय फार्मरहरुदेखि टुरिजम सेक्टरको फार्मर, एन्ट्ररप्रेनरसहरुले पनि भनिरहेका छन् की लोन प्रोडक्टहरुले जुन रुपमा डिजाइ भइरहेको छ, त्यो डिजाइनहरु उहाँहरुको आवश्यकता अनु्कुलको भएर आएको छैन् । त्यो भएर बैंकका म्यानेजरहरु समेत यो कार्यक्रममा हुनुहुन्छ, लोकल विजनेशम्यानहरुलाई फोकस गरेर फाइन्सीयल प्रोडक्टहरु ल्याउन म अनुरोध पनि गर्दछु ।’
गभर्नर पौडेलले यसविषयमा बैंकका सिइओसँग आगामी हप्ता छलफल समेत आफूले गर्न लागेको बताए ।
पौडेलकाअनुसार अहिलेका बैंकहरुको प्रोडक्टरहरु कत्तिको प्रभावकारी छन् त्यसबारे समीक्षा हुनेछ । उनले मौद्रिक नीतिलाई थप लचिलो बनाइएको बताउँदै यसले कृषि, पर्यटनलगायतका उद्यमी व्यवसायीले ऋणका लागि सहजता थप्ने बताए । उनले राष्ट्र बैंकको नीतिकै कारण कुनै उद्योगी व्यवसायीलाई समस्यामा पर्ने आवस्था आउन नदिने समेत बताए ।
राष्ट्र बैंकका गभर्नर पौडेलले बैंकहरुलाई महानगरभित्र शाखा खोल्ने, गाँभ्नेमा मौद्रिक नीतिले स्वतन्त्र छाडिदिएको बताए । त्यसले बैंकहरुले नाफा बढाएर मुनाफा खुलाउन सघाउ पुग्ने आफूले विश्वास लिएको समेत बताए। सोमवार राष्ट्र बैंकले बैंकहरुलाई महानगर भित्र शाखा खोल्न र बन्द गर्न स्वतन्त्रता दिएको थियो ।