Ipo.aspx merolagani - नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाखको सहयोग

नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाखको सहयोग

Dec 01, 2025 04:18 PM merolagani

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहबीच कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा एक करोड पचास लाख रुपैयाँको चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका थिए ।

गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यको लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो ।

उक्त हस्तान्तरण समारोह समारोहमा बोल्दै यस कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । जेनजी प्रदर्शन र आन्दोलनको क्रममा सार्वजनिक भौतिक संरचनामा ठूलो क्षति पुगेको र यसको पुननिर्माणमा सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताए ।

 

 

comments powered by Disqus

६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।