Ipo.aspx merolagani - सातामा साढे १ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

सातामा साढे १ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Dec 06, 2025 06:20 AM Merolagani

यस साता नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। गत साता २६७६.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६८ प्रतिशत अर्थात ४४.८६ अंक घटेर २६३१.१७ विन्दुमा झरेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चारै कारोबार दिन नेप्से घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १०.७० अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.८७ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ६ अर्ब ५० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ३८ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १७.२४ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ११.०९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २३.१३ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ९३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ७५ अर्ब रुपैयाँ घटेर ४४ खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ।

१३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १.९५ प्रतिशत बढेको छ। गत साता २३००.९९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४४.९६ अंक बढेर २३४५.९५ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता ७९१२.१९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४४.०६ अंक बढेर ८०५६.२५ विन्दुमा पुगेको छ।

यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ। गत साता १३ हजार ६३३.४१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४६९.३६ अंक घटेर १३ हजार १६४.०५ विन्दुमा झरेको छ।

नेप्सेमा यस साता तीन स्टकको १२ करोड ९९ लाख ५८ हजार ३०८ कित्ता शेयर सूचीकृत भएको छ। यस साता ग्रीन डेभलपमेन्ट बैंक र माछापुच्छ्रे बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने आरबिबि फोकस ४० को इकाई नेप्सेमा सूचीकृत भएको हो।

यस साता सागर डिष्टिलरीको शेयरमूल्य सर्वाधिक ४६.४० प्रतिशत बढेको छ। गत साता १ हजार ३३३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको सागर डिष्टिलरीको शेयर यस साता १ हजार ९५१ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता झापा इनर्जी, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ४६ प्रतिशत बढेको छ। यस साता माउन्टेन इनर्जी नेपालको शेयरमूल्य सर्वाधिक १७.२५ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता सागर डिष्टिलरी, झापा इनर्जी, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने कालिञ्चोक दर्शन, सिक्लेस हाइड्रोपावर, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

कुन कम्पनीकाे लाभांश पच्याे? कसको पच्न बाँकी ? यस्तो देखियो तथ्याङ्कमा (सूचीसहित)

Dec 05, 2025 06:07 AM

सुवास निरौला

कम्पनी स्थापना गर्दा किनेको संस्थापक शेयर होस् अथवा प्राथमिक बजारमा किनेको आईपीओ अनि दोस्रो बजार मार्फत शेयर किन्नुको प्रमुख प्रमुख उद्देश्य भनेको नाफा गर्नु नै हो।