Ipo.aspx merolagani - २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु, २०३० सम्म १०० अर्ब अमेरिकी डलर द्विपक्षीय व्यापार पुग्ने लक्ष्य

२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु, २०३० सम्म १०० अर्ब अमेरिकी डलर द्विपक्षीय व्यापार पुग्ने लक्ष्य

Dec 05, 2025 03:28 PM merolagani

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा शिष्टाचार भेटवार्ता भएको छ । यो २३ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनको मुख्य द्विपक्षीय वार्ता हो ।

दुई देशबीच रक्षा, ऊर्जा, व्यापार, आणविक ऊर्जा र रणनीतिक प्रविधिमा थप सहकार्य तथा २०३० सम्म १०० अर्ब अमेरिकी डलर द्विपक्षीय व्यापार पुग्ने लक्ष्य मुख्य एजेण्डा रहेका बताइएको छ ।

भेटअघि प्रधानमन्त्री मोदीले फेरि भारत शान्तिको पक्षमा रहेको र युक्रेन युद्धको सन्दर्भमा आफ्नो सन्तुलित अडान स्पष्ट रहेको बताए। दुवै नेताबीच विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने गरी दर्जनौँ सम्झौता भएका छन् ।

comments powered by Disqus