Ipo.aspx merolagani - आइएमई लाईफ इन्स्योरेन्सकाे लाभांश घोषणा

आइएमई लाईफ इन्स्योरेन्सकाे लाभांश घोषणा

Dec 12, 2025 10:19 AM Merolagani

आइएमई लाईफ इन्स्योरेन्स लिमिटेड (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशत अर्थात ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयाेजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

इन्स्योरेन्सको मंसिर २५ गते बिहीबार बसेको बैठकले साे दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus