Ipo.aspx merolagani - एनएमबि बैंकले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

एनएमबि बैंकले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

Dec 16, 2025 01:16 PM Merolagani

एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा डाकेको छ।

बैंकले पुस २४ गते, बिहीबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus