Ipo.aspx merolagani - सन नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

सन नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

Dec 18, 2025 09:52 AM Merolagani

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (SNLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने १५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।

पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

comments powered by Disqus