Ipo.aspx merolagani - गत साता १ प्रतिशतभन्दा बढी घटेको नेप्से, यस साता के होला?

गत साता १ प्रतिशतभन्दा बढी घटेको नेप्से, यस साता के होला?

Dec 28, 2025 06:52 AM Merolagani

गत साता नेप्से परिसूचक १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। अघिल्लो साता २६१५.०३ विन्दुमा बन्द भएको नेप्से, गत साता १.१२ प्रतिशत अर्थात २९.१६ अंक घटेर २५८५.८७ विन्दुमा झरेको छ।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से सामान्य बढेको थियो भने २ कारोबार दिन घटेको थियो।

 

प्रतिरोध क्षेत्रभन्दा तल

पछिल्लो साता प्रतिरोधको सामना गरी झरेको नेप्से, हाल पनि सोही अवस्थामा छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २६४५ देखि २६९० सम्म रहेको छ। आगामी दिनमा नेप्सेले ओरालो लागेमा २४४० देखि २४९० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने नेप्सेले डोजी मैनबत्ती बनाएको छ जसले सो दिन लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ६७ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ४९ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १८.२६ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।