Ipo.aspx merolagani - जीवन बीमा कम्पनीले पाँच महिनामा संकलन गरे झन्डै ७७ अर्ब बीमा शुल्क, एक चौथाइ हिस्सा नेपाल लाइफको मात्रै

जीवन बीमा कम्पनीले पाँच महिनामा संकलन गरे झन्डै ७७ अर्ब बीमा शुल्क, एक चौथाइ हिस्सा नेपाल लाइफको मात्रै

Dec 29, 2025 05:41 PM Merolagani

जीवन बीमा कम्पनीहरुले चालु आवको पाँच महिनामा ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । १४ वटा जीवन बीमा कम्पनीमा कुल बीमा शुल्क संकलनको ठूलो हिस्सा भने नेपाल लाइफ इन्स्योरेन्सकै रहेको छ । नेपाल लाइफले कुल बीमा शुल्क संकलनको एक चौथाई भन्दा बढी हिस्सा ओगटेको छ ।

७६ अर्ब ९० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन हुँदा सबैभन्दा बढी नेपाल लाइफ एक्लैले २१ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । यो कुल बीमा शुल्कको २७.७९ प्रतिशत हो। नेपाल लाइफपछि दोस्रो धेरै बीमा शुल्क संकलन गर्नेमा भने नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेसनलले ५ महिनामा ९ अर्ब २७ करोड २ लाख रुपैयाँ शुल्क संकलन गरेकाे छ । जुन कुल बीमा शुल्कको १२.०५ प्रतिशत हो । तेस्रोमा भने लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) रहेको छ। एलआईसीले नेपालले कुल बीमा शुल्क संकलनको १०.६४ प्रतिशत हिस्सा ओगेटेको छ । कुल बीमा शुल्क संकलनमा हिमालयन लाइफले ९ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीले ७.२५ प्रतिशत, सूर्यज्योति इन्स्योरेन्सले ५.८२ प्रतिशत हिस्सा ओगेटेको छ ।

एशियन लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ, मेट लाइफ, आईएमई लाइफ, रिलायवल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ र सन नेपाल लाइफ लाइफको हिस्सा ५ प्रतिशत भन्दा कम छ ।

नवीकरण शुल्क संकलनमा पनि नेपाल लाइफ नै अगाडि रहेको छ । । नवीकरणीय शुल्क संकलनमा नेपाल लाइफपछि एलआईसी नेपाल, नेसनल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, राष्ट्रिय जीवन बीमा कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स रहेको छ । नवीकरण शुल्क संकलनमा क्रमशः सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ, मेट लाइफ, आईमई लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायवल नेपाल लाइफ र सबैभन्दा अन्त्यमा सन नेपाल लाइफ रहेको छ ।

प्रथम बीमा शुल्क संकलनमा पनि नेपाल लाइफ नै अगाडि रहेको छ । नेपाल लाइफपछि क्रमशः नेसनल लाइफ, एलआईसी नेपाल, सूर्यज्योति लाइफ र सिटिजन लाइफ इन्स्योरेन्स अगाडि रहेका छन्। सबैभन्दा कम प्रथम बीमा शुल्क संकलनमा पनि सन नेपाल लाइफ नै परेको छ ।

  

सक्रिय बीमा लेख संख्यामा भने रिलायवल नेपाल लाइफ अगाडि रहेको छ । रिलायवलसँग चालु आवको मंसीर मसान्तसम्म २४ लाख २९ हजार ३३७ वटा सक्रिय बीमा लेख रहेको छ जुन नेपाल लाइफभन्दा बढी हो । नेपाल लाइफसँग भने मंसीर महिनाको अन्तिम सम्ममा १७ लाख ९० हजार ८५ वटा सक्रिय बीमा लेख रहेको छ । त्यस्तै नेसनल लाइफ इन्स्योरेन्ससँग १३ लाख ४५ हजार ७८८ वटा सक्रिय बीमा लेख रहेको छ । सिटिजन लाइफ, मेट लाइफ, एलआईसी नेपाल, सूर्यज्योति लाइफ, एसियन लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी, र आईएमई लाइफको सक्रिय बीमा लेख संख्या ५ देखि १० लाखको बीचमा रहेको छ ।

सानिमा रिलायन्स लाइफ, हिमालयन लाइफ, सन नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइफको सक्रिय बीमा लेख संख्या भने ५ लाख भन्दा कम रहेको छ ।

लघु बीमामा क्रेष्ट माइक्रो लाइफ अगाडि

तीन वटा लघु जीवन बीमा कम्पनीमा सबैभन्दा धेरे क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले १५ करोड ४० लाख रुपैयाँ संकलन गरेका छन् । त्यसपछि गार्डियन माइक्रोले १४ करोड ७२ लाख रुपैयाँ र सबैभन्दा कम लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले १२ करोड १३ लाख रुपैयाँ संकलन गरेकाे छ ।

सक्रिय बीमा लेख भने गार्डियन माइक्रो लाइफको सबैभन्दा बढी १३ लाख ८१ हजार १८७ वटा रहेको छ भने क्रेष्ट माइक्रोसँग ५ लाख २७ हजार १०२ वटा र लिबर्टी माइक्रो लाइफसँग २ लाख ९९ हजार ७४० वटा सक्रिय बीमालेख रहेको छ ।

comments powered by Disqus

७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।