Ipo.aspx merolagani - नयाँ टाटा पञ्च एसयूभी भारतीय बजारमा सार्वजनिक, सुरुवाती मूल्य र यस्ता छन् विशेषता

नयाँ टाटा पञ्च एसयूभी भारतीय बजारमा सार्वजनिक, सुरुवाती मूल्य र यस्ता छन् विशेषता

Jan 15, 2026 10:31 AM merolagani

भारतीय बजारमा टाटा पञ्चको नयाँ एसयूभी सार्वजनिक भएको छ । सुरुवाती मूल्य ५ लाख ५९ हजार भारतीय रुपैयाँमा कम्पनीले आफ्ना एक्स शोरुमहरुमा बिक्रीका लागि उपलब्ध गराएको छ ।

 हुन्डाइ एक्स्टर (५ लाख ७४ हजार देखि ९ लाख ६१ हजार भारतीय रुपैयाँ), मारुती फ्रोन्क्स (६ लाख ८५ हजार देखि ११ लाख ९८ हजार भारतीय रुपैयाँ) र सिटोन सी३ (४ लाख ९५ हजार देखि १० लाख २१ हजार भारतीय रुपैयाँ मूल्य पर्ने यी गाडीसँग टाटा पञ्चले प्रतिष्पर्धा गर्नेछ ।

टाटा पञ्च गाडी लन्च भएसँगै भारतीय बजारमा त्यसको बुकिङ समेत खुलेको छ । नयाँ टाटा पञ्च विभिन्न ६ वटा ट्रिमहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

जसमा स्मार्ट (नयाँ), प्योर, प्योर प्लस, एडभेन्चर, एक्मिप्लश्ड र एक्मिप्लश्ड प्लस ट्रिमहरुमा उपलव्ध छन् । यो एसयूभी ६ वटा विभिन्न कलरमा उपलब्ध छन् । जसमा डेटोना ग्रे, साइन्टिफिक ब्लू, बेङ्गाल रुस(रातो), कुर्ग क्लाउड्स, कारमेल(पहेँलो) र प्रिस्टाइन ह्रवाइट(सेतो) रंग विकल्पमा उपलब्ध छन् ।

नयाँ टाटा पञ्च फेसलिफ्ट अब नेक्सनबाट प्राप्त १.२ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिनका साथ उपलब्ध हुनेछ । ६ स्पीड म्यानुअल गियरबक्स जोडिएको यो मोटरले अधिकतम १२० पीएस पावर १७० एनएम टर्क उत्पन्न गर्नेछ । यसले ११.१ मिनेटको समयमा ० देखि १०० किलोमिटर प्रतिघण्टा गति बढाउने कम्पनीको दाबी छ ।

१.२ लिटर पेट्रोल र १.२ लिटर पेट्रोलसहित सीएनजी पावरट्रेन विकल्पहरु प्रि फेसलिफ्ट पञ्चबाट लिइएको हो । एनए पेट्रोल इन्जिनले ८८ बीएचपी र ११५ एनएम टर्क उत्पादन गर्छ । नयाँ पञ्चको क्याबिन लेआउट पञ्च इभीसँग मिल्दोजुल्दो नै छ । ड्यासबोर्ड डिजाइन भने अपरिवर्तीत छ ।

 

comments powered by Disqus