Ipo.aspx merolagani - यस वर्ष होन्डाका एलिभेट फेसलिफ्ट र जेडआर–भी हाइब्रिड एसयूभी सार्वजनिक हुने, यस्तो छ अपेक्षित मूल्य र सुविधाहरु

यस वर्ष होन्डाका एलिभेट फेसलिफ्ट र जेडआर–भी हाइब्रिड एसयूभी सार्वजनिक हुने, यस्तो छ अपेक्षित मूल्य र सुविधाहरु

Jan 17, 2026 11:33 AM merolagani

होन्डा मोटर कम्पनीले यस वर्ष दुईवटा एसयूभी बजारमा ल्याउने भएको छ । 

कम्पनीले भारतीय बजारमा आफ्नो उत्पादन आक्रामक योजनाअनुसार, सन् २०३० सम्ममा १० वटा नयाँ मोडेलहरु लन्च गर्ने जनाएको छ । जसअन्तर्गत सन् २०२६ मा कम्पनीले दुईवटा एसयूभी लन्च गर्ने जनाएको छ । कम्पनीका अनुसार, जापनीज अटोमेकर कम्पनीले २०२६ मा एलिभेट फेसलिफ्ट र जेडआर–भी हाइब्रीड एसयूभी सार्वजनिक गर्नेछ ।

कस्ता छन् लन्च हुने एसयूभी ?

सार्वजनिक हुने एलिभेट फेसलिफ्टको अगाडि र पछाडिको भागमा न्युनतम डिजाइन परिवर्तन हुन सक्नेछन् । क्याबिनलाई प्यारोनामिक सनरुफ र भेन्टिलेटेड फ्रन्ट सिटहरु जस्ता थप सुविधासहित अद्यावधिक डिजाइनमा यो एयसयूभी सार्वजनिक हुँदैछ ।

त्यस्तैगरी, पहिले नै १०.२५ इन्च इन्फोटेनमेन्ट प्रणाली, होन्डा सेन्सिङ, एडिएएस सुइट, अटो डिमिङ, लेदरेट अपहोल्स्ट्री, ४ स्पीकर अडियो प्रणाली र ६ वटा एयरब्यागजस्ता सुविधाहरु उपलव्ध हुनेछ । यसमा १.५ लिटर प्राकृतिक रुपमा एस्पिरेटेड पेट्रोल इन्जिन रहनेछ । ६ स्पीड म्यानुअल गियरबक्स मानकको रुपमा आउँछ । सार्वजनिक हुने बेला यो एसयूभीको मूल्य ११ लाख ५० हजार देखि १७ लाख भारतीय रुपैयाँसम्म पर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, होन्डा जेआर–भी भारतमा ब्रान्डको पहिलो हाइब्रीड एसयूभी हुनेछ । यो एसयूभी २०२६ को अन्त्यतिर सार्वजनिक हुनेछ । २.० लिटर पेट्रोल इन्जिनका साथ उपलव्ध यो एसयूभी दुई इलेक्ट्रिक मोटरसँग जोडिनेछ ।

४.५६ मिटर लम्बाइ भएको जेआर–भीले होन्डा कनेक्टसहितको ९ इन्चको टचस्क्रिन, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, १०.२ इन्चको पूर्ण डिजिटल ड्राइभर डिसप्ले, डुअल जोन स्वचालित जलवायु नियन्त्रण, रियर एसी भेन्टहरु, अटो डिमिङलगायतका सुविधाहरु यो एसयूभीमा उपलव्ध हुनेछ ।

कम्पनीका अनुसार, यो एसयूभी लन्च हुँदा अपेक्षित मूल्य ५० देखि ६० लाख भारतीय रुपैयाँ पर्नेछ ।

 

comments powered by Disqus