Ipo.aspx merolagani - पहिलो पटक रास्वपा केन्द्रिय कार्यालय पुगे बालेन्द्र साह

पहिलो पटक रास्वपा केन्द्रिय कार्यालय पुगे बालेन्द्र साह

Jan 18, 2026 04:17 PM merolagani

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह पहिलो पटक पार्टीको केन्द्रिय कार्यालय पुगेका छन् ।आईतवार दिउँसो तामझामसहित वनस्थलीस्थित पार्टी कार्यालयमा प्रवेश गरेका साहलाई रास्वपाका नेता तथा कार्यकर्ताहरूले उत्साहपूर्वक स्वागत गरेका हुन् ।

रास्वपामा वरिष्ठ नेताको रूपमा समाहित भए यता उनको यो पहिलो औपचारिक कार्यालय भ्रमण हो । उनी आजै बस्ने रास्वपाको केन्द्रिय समिति बैठकमा सहभागी हुन कार्यालय पुगेका हुन् । गत पुसमा रास्वपासँग ७ बुँदे सहमति गर्दै पार्टीमा समाहित भएका साहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने घोषणा गरिएको छ ।

comments powered by Disqus