यसका साथै टप गेनर कम्पनीहरुमा बन्दीपुर केबुलकार, एसवाई प्यानल नेपाल पनि परे । यी चार वटै कम्पनीहरु पछिल्लो समय ट्रेन्डिङमा परेका शेयर हुन् । आइतबार जेनजी शेयरसँगै फाइनान्स समूहमा सूचीकृत कम्पनी पनि टप गेनरमा परे ।
टप गेनर मात्रै होइन, टप टर्नओभर र टप ट्रान्जेक्सनमा पनि एसवाई प्यानल नेपाल, श्रीनगर एग्रो इन्डष्ट्रिज, बन्दीपुर केबुलकार, सागर डिष्टिलरी नै परे । नयाँ कम्पनीसँगै फाइनान्स कम्पनीको शेयर मूल्य बढ्दा नेप्से परिसूचक आइतबार ३१.१२ अंकले बढेर २६ सय ७२ दशमलब ५५ अंकमा पुग्यो। कारोबार रकम समेत बढेर ८ अर्ब ४० करोड पुग्यो भने कारोबार संख्या पनि ९५ हजार माथि पुग्यो ।
पछिल्लो समय बजार साइडवेजमा चल्दा पनि नयाँ कम्पनी चलिरहेको थिए । अब विस्तारै फाइनान्स र विकास बैंक समूहका ‘लो क्याप’ कम्पनी पनि चल्न थालेका छन् । यो भनेको विस्तारै शेयर बजार बढ्ने संकेतको रुपमा बुझ्नु पर्ने एक लगानीकर्ताले बताए । विगतमा पनि शुरुमा ‘लो क्याप’ कम्पनीहरुमा चार्म आउने गर्दथ्यो ।
‘लो क्याप’ कम्पनीको शेयर मूल्य उच्च भए पछि विस्तारै मिड क्याप हुँदै हाइ क्याप कम्पनी बढ्ने गर्दथे । साधारणतया हाइ क्याप कम्पनीमा केही हाइड्रोपावर र वाणिज्य बैंक समूहका शेयरहरु पर्ने गर्दछन् । अहिलेको समयमा बजार बढ्दा बढेकै कम्पनीको पछि लागेर पनि कमाउन सकिन्छ तर सुरक्षित तवरले शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले भने नेप्सेकै सबैभन्दा सस्तो कम्पनीमा लगानी गर्दा पनि जित्न सकिने लगानीकर्ताहरु बताउँछन् ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले पुँजी बजारको लागि दिनुपर्ने सम्पूर्ण सहुलियत दिँदा पनि बजार बढ्न सकेको छैन । विगतमा ब्याज दर एकदमै न्यून हुँदा बजार बढ्ने गर्दथ्यो ।
कुनै बेला न्यून मूल्य रहेका हाइ क्याप कम्पनीहरु पनि बढ्ने आशा गरेर लगानी गर्न सकिने लगानीकर्ताहरु बताउँछन् । आइतबारको अन्तिम मूल्य अनुसार बजारमा २ सय रुपैयाँ भन्दा कम मूल्यमा १० कम्पनीको शेयर कारोबार भइरहेका छन् । २ सय रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भइरहेका कम्पनीहरु हाइड्रोपावर र वाणिज्य समूहका छन् । तथ्यांक अनुसार ५ वटा वाणिज्य समूहका र ५ वटा हाइड्रोपावर समूहका शेयर मूल्य २ सय मुनि कारोबार भइरहेका छन् । हाइड्रोपावर समूहबाट शिवश्री हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, हिमाल दोखरा हाइड्रोपावर र नेसनल हाइड्रोपावरको शेयर मूल्य २ सय मुनि कारोबार भइरहेको छ भने वाणिज्य बैंक समूहतर्फ कुमारी बैंक, प्रभु बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेसनल बैंकको शेयर मूल्य २ सय रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भइरहेको छ ।