अन्तिम दिनसम्ममा २५ लाख ७० हजार ४ सय २२ आवेदनबाट ३ करोड १७ लाख ८ हजार ३ सय ९० कित्ता बराबरको ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डको शेयर बाँडफाँट निर्देशिका अनुसार हरेक आवेदकले १० कित्ता शेयर पाउने हुँदा ८ लाख २० हजार जनाले मात्रै शेयर पाउने छन् भने बाँकी १७ लाख ४० हजार ४ सय २२ जनाको हात खाली हुने निश्चित छ ।