Ipo.aspx merolagani - गत साता साढे २ प्रतिशतभन्दा बढी बढेको नेप्से, यस साता के होला?

गत साता साढे २ प्रतिशतभन्दा बढी बढेको नेप्से, यस साता के होला?

Jan 25, 2026 06:29 AM Merolagani

गत साता नेप्से परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको थियो। अघिल्लो साता २६४१.४३ विन्दुमा बन्द भएको नेप्से, गत साता २.७७ प्रतिशत अर्थात ७३.१८ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको हो।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो।

 

प्रतिरोध तोडेर उक्लियो

गत साता नेप्से २६४५ देखि २६९० सम्मको प्रतिरोध तोडेर उक्लिएको छ। गत साताका तीन कारोबार दिन नेप्से सो प्रतिरोध क्षेत्रभन्दा माथि बन्द भएको थियो। त्यसैले आगामी दिनका लागि सो क्षेत्र टेवा क्षेत्र बनेको छ। आगामी दिनमा नेप्से उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा गत साता नेप्सेले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा बिक्रीकर्ताको तुलनामा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। साताका अन्तिम कारोबार दिन पनि नेप्सेले लामो पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन बिक्रीकर्ता बलियो देखिएपनि अन्तिम समयमा खरिदकर्ता हाबी भएको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ९ अर्ब ५६ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ६ अर्ब ७ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ५७.४९ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ र यी दुबै रेखाहरुबीचको दूरी बढ्दो क्रममा रहेको छ। त्यस्तै, यी दुबै रेखाहरु र हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेका छन्। यसले गत साता नेप्से बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ ।

खरिद चाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनबाट ओभरबट जोनमा पुगेको छ। यसले गत साता बजारमा बिक्री चापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।