Ipo.aspx merolagani - पञ्चकन्या माई हाइड्रोपावरको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

पञ्चकन्या माई हाइड्रोपावरको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

Feb 06, 2026 08:41 AM Merolagani

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड (PMHPL) ले चालु आर्थिक वर्षको दाेस्राे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

 

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९५.७४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी बढेको र खर्च घटेका कारण कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २०.८८ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको सञ्चालन खर्च समीक्षा अवधिमा ५.२६ प्रतिशत बढेको छ भने प्रशासनिक तथा अन्य खर्च १२.७५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ १० पैसा बढेर १५ रुपैयाँ २६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८४ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.८९ गुणा रहेको छ।

१ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १६ करोड ५५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus