Ipo.aspx merolagani - वित्तीय खर्च घट्दा मकर जितुमाया सुरीको नाफा सामान्य बढ्यो

वित्तीय खर्च घट्दा मकर जितुमाया सुरीको नाफा सामान्य बढ्यो

Feb 06, 2026 09:15 AM Merolagani

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड (MAKAR) ले चालु आर्थिक वर्षको दाेस्राे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ८ करोड १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको नाफामा सामान्य सुधार देखिएको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.६८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २.५६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.५८ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ९.१८ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८ पैसा बढेर २१ रुपैयाँ ६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.३१ गुणा रहेको छ।

७६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ११ करोड २८ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus