सार्वजनिक प्रसारक एनएचकेले रिपोर्ट गरेको छ कि सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले ४६५ सिट भएको तल्लो सदनमा दुई-तिहाइ बहुमत हासिल गरेको छ। जापानको निक्केई २२५ सूचकाङ्क ५.६ प्रतिशतले बढेर ५७,३३७ मा पुग्यो। जबकि टोपिक्स ३ प्रतिशतभन्दा माथि उक्लियो। यो अहिले सम्मकै उच्च रेकर्ड हो। उस अघि कहिल्यै उक्त बिन्दुमा पुगेको थिएन।

रणनीतिक लगानी र कर सुधारले इक्विटीलाई बलियो बनाउने भएकाले ताकाइचीको निर्णायक जित मध्यम अवधिमा बजारका लागि ‘सबैभन्दा राम्रो नतिजा’ हुन सक्ने एबरडीन इन्भेस्टमेन्टका वरिष्ठ अनुसन्धान अर्थशास्त्री कोचुगोविन्दनले बताए। जापानी स्टकहरू विगत केही महिनाहरूमा धेरै उच्चतम बिन्दुमा पुगेका छन्। जसलाई तथाकथित ‘ताकाइची ट्रेड’ ले प्रेरित गरेको छ। बजारले प्रधानमन्त्रीको आर्थिक नीतिहरू(जसलाई एबेनोमिक्सको वृद्धि-केन्द्रित निरन्तरताको रूपमा हेरिन्छ) ले इक्विटी बढाउने अपेक्षा गरेका छन्।
एलएसईजीको तथ्याङ्कले आइतबार राति ८:११ बजे ईटीमा देखाएको छ कि घरजग्गा क्षेत्रले निक्केईको लाभको नेतृत्व गरिरहेको थियो। यो क्षेत्र ७ प्रतिशतभन्दा बढीले बढेको थियो भने त्यसपछि स्वास्थ्य सेवा र औद्योगिक क्षेत्रहरू छन्। जापानी इन्टरनेट कम्पनी साइबरएजेन्ट इंक सूचकाङ्कको सबैभन्दा बढी लाभदायक रह्यो, जुन १६ प्रतिशतभन्दा बढीले बढ्यो। अर्ध चालक उपकरण निर्माता एडभान्टेस्ट १२ प्रतिशतभन्दा बढीले बढ्यो भने सुमितोमो इलेक्ट्रिक इन्डस्ट्रिजको शेयर ११ प्रतिशतभन्दा बढीले बढ्यो।
जापानी येन डलरको तुलनामा १५६.८८ मा बलियो भयो। १० वर्षे जापानी सरकारी बन्ड (जेजीबी) को प्रतिफल लगभग ४ आधार बिन्दुले बढेर २.२७४ प्रतिशत पुगेको छ। जबकि २० वर्षे जेजीबीको प्रतिफल लगभग ३ आधार बिन्दुले बढेर ३.१५८ प्रतिशत पुगेको छ। क्रेडिट एग्रिकोल सीआईबीले ताकाइचीको विजयपछि एक नोटमा भनेको छ, ‘ताकाइचीको प्रशासनले स्पष्ट सार्वजनिक जनादेशको समर्थनमा सक्रिय वित्तीय नीतितर्फ ठुलो परिवर्तन ल्याउन बलियो गति लिएको छ।’
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल पोस्टमा ताकाइचीलाई उनको जितका लागि बधाई दिए। उनले लेखेका छन्,‘उनी एक अत्यन्तै सम्मानित र धेरै लोकप्रिय नेता हुन्। चुनावको आह्वान गर्ने सानेको साहसी र बुद्धिमानी निर्णयले ठुलो सफलता पायो। यति उत्साहका साथ मतदान गर्ने जापानका अद्भुत जनतालाई सधैँ मेरो बलियो समर्थन रहनेछ।’
गत वर्ष राजनीतिक उथलपुथल भएपछि यो चुनाव भएको हो। एलडीपीले माथिल्लो सदनमा बहुमत गुमाएको र २०२४ मा तल्लो सदनमा पराजय भोगेका कारण तत्कालीन प्रधानमन्त्री शिगेरु इशिबाले सेप्टेम्बरमा राजीनामा दिन बाध्य भएका थिए।
एसियाली बजारको संक्षिप्त अवस्था:
-
एस एन्ड पी/एएसएक्स २००: ८,८७५.९० (+१.९२ प्रतिशत)
-
ह्याङ सेङ सूचकाङ्क (एचएसआई): २६,९२३.९१ (+१.३७ प्रतिशत)
-
कोस्पी सूचकाङ्क (केएस ११): ५,२८२.१० (+३.८४ प्रतिशत)
-
निक्केई २२५ (एन २२५): ५६,४६३.२१ (+४.१० प्रतिशत)
-
निफ्टी ५० (एनएसईआई): २५,८२९.८५ (+०.५४ प्रतिशत)
-
साङ्घाई सूचकाङ्क (एसएसईसी): ४,१११.६८७ (+१.१३ प्रतिशत)
अन्य एसियाली बजारहरूमा पनि उच्च कारोबार भयो। दक्षिण कोरियाको कोस्पी ४.१५ प्रतिशतले बढ्यो भने सानो-क्याप कोस्डाकले २.९७ प्रतिशत थप्यो। हङकङको ह्याङ सेङ सूचकाङ्क १.५ प्रतिशतले वृद्धि भयो भने मुख्य भूमिको सीएसआई ३०० सूचकाङ्क ०.९ प्रतिशतले वृद्धि भयो।
एसियाको सुरुवाती समयमा अमेरिकी फ्युचर्स पनि उच्च भयो। गत शुक्रवार अमेरिकामा प्रविधि कम्पनीहरूको शेयरमा पुनः प्राप्ति देखिएपछि बजार उकालो लागेको थियो। डाउ जोन्स इन्डस्ट्रियल एभरेज १,२०६.९५ अंक वा २.४७ प्रतिशतले बढेर ५०,११५.६७ मा बन्द भयो। शुक्रवार पहिलो पटक डाउले ५०,००० को स्तर पार गरेको हो। एस एन्ड पी ५०० सूचकाङ्क १.९७ प्रतिशतले बढेर ६,९३२.३० मा समाप्त भयो, जबकि नास्ड्याक कम्पोजिट २.१८ प्रतिशतले बढेर २३,०३१.२१ मा पुग्यो।
(सीएनबीसीका शन कोनलोन र एलेक्स ह्यारिङले यस रिपोर्टमा योगदान पुर्याएका छन्।)