Ipo.aspx merolagani - अमेरिकासँगको बढ्दो तनावका बीच खामेनीद्वारा राष्ट्रिय एकताको आह्वान

अमेरिकासँगको बढ्दो तनावका बीच खामेनीद्वारा राष्ट्रिय एकताको आह्वान

Feb 10, 2026 11:28 AM merolagani

इरानका सर्वोच्च नेता अली खामेनीले सोमवार अमेरिकासँगको बढ्दो तनावका बीच सन् १९७९ को इस्लामिक क्रान्तिको ४७ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा इरानीहरूलाई एकता प्रदर्शन गर्न र शत्रुलाई निराश पार्न आग्रह गरेका छन् । टेलिभिजनमार्फत सम्बोधन गर्दै खामेनीले राष्ट्रिय शक्ति क्षेप्यास्त्र र विमान जस्ता सैन्य उपकरणहरू भन्दा संकल्प र प्रतिरोधमा बढी भर पर्ने बताए।

उनको यो भनाइ इरानले क्रान्तिको विजयको उपलक्ष्यमा बुधवार देशव्यापी र्यालीको तयारी गरिरहेका बेला आएको हो । ‘जबसम्म शत्रु निराश हुँदैन, तबसम्म एउटा राष्ट्र उत्पीडनको जोखिममा रहन्छ’ खामेनीको भनाइ छ । यो भाषण मध्य पूर्वमा अमेरिकी सैन्य तैनाथी र तेहरानविरुद्ध जारी धम्कीका कारण अमेरिकासँगको बढ्दो घर्षणको समयमा आएको हो ।

ओमानको मस्कटमा शुक्रवार इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच भएको अप्रत्यक्ष आणविक वार्ताका बाबजुद ठूला मतभेदहरू कायमै छन् । जसले सम्झौताको सम्भावनालाई अनिश्चित बनाएको छ ।

 

सन् १९७९ को इस्लामिक क्रान्ति एक निर्णायक क्षण थियो जसले इरानलाई पश्चिम समर्थक राजतन्त्रबाट इस्लामिक गणतन्त्रमा परिवर्तन गर्यो । आयतोल्लाह रुहोल्लाह खोमेनीको नेतृत्वमा धर्मगुरु, विद्यार्थी र धर्मनिरपेक्ष कार्यकर्ताहरूको विविध गठबन्धनले अमेरिका समर्थित शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेको थियो। सन् १९८० मा इरानी जनताले तेहरानस्थित अमेरिकी दूतावास कब्जा गरेपछि इरान र अमेरिकाले कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए ।

comments powered by Disqus