Ipo.aspx merolagani - प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

Feb 11, 2026 03:45 PM merolagani

एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । 

बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको PAN Update Option मा ट्याप गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको हो । साथै, ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रवन्ध मिलाएको बैंकले जनाएको छ ।

यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण E-TDS सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने बैंकले विश्वास लिएको छ ।

comments powered by Disqus