Ipo.aspx merolagani - टी- २० विश्वकप : इटालीसँग दोस्रो खेल खेल्दै नेपाल

टी- २० विश्वकप : इटालीसँग दोस्रो खेल खेल्दै नेपाल

Feb 12, 2026 10:54 AM Merolagani

भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी- २० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेल इटालीसँग खेल्दैछ । साे खेल मुम्बईको वाङ्खडे स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ ।

नेपाल आज इटालीविरुद्ध जित निकाल्दै सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको झिनो अन्तरले पराजित भएको थियो भने इटाली स्कटल्यान्डसँग पराजित भएको थियो ।

तेस्रोपटक विश्वकप खेलिरहेको नेपाली टोली यस अघिका दुई विश्वकपमा समूह चरणबाट बाहिरिएको थियो । सुपर ८ मा पुग्न हरेक टोलीले समूह चरणका चारमध्ये कम्तीमा दुई खेल जित्नुपर्ने हुनाले आजको खेल दुवै टोलीको लागि महवपूर्ण रहेको छ । दुवै टोली आज पहिलो जितको खोजीमा मैदानमा उत्रदै छन् ।

हेड टु हेड हेर्ने हो भने नेपाल र इटली हालसम्म टी-२० आईमा खेलेका छैनन् । यस अघि नेपालले सन् २०१३ को आईसीसी डिभिजन ३ मा इटलीसँग एकदिवसीय खेल खेलेको थियो । तर टी-२० नेपाल र इटली पहिलो पटक भिड्न लागेका हुन् ।

आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ। तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको नेपाल समूह ‘सी' मा रहेको छ । उक्त समूहमा नेपालसहित इंग्ल्यान्ड, वेस्टइन्डिज, बंगलादेश र इटाली छन् । टी–२० विश्वकप अन्तर्गत नेपालको समूह चरणका सबै खेल भारतको मुम्बईमा खेलिनेछ ।

आज दोस्रो खेल इटालीसँग खेल्न लागेको नेपालले तेस्रो खेल फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग र चौथो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग खेल्नेछ ।

comments powered by Disqus