
गुणस्तर, नवीनता र उपभोक्ताको विश्वासलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले यसपटक आधुनिक जीवनशैली र बदलिँदो उपभोक्ता आवश्यकतालाई केन्द्रमा राखेर नयाँ सिरिज सार्वजनिक गरेको हो।
यसपटकको प्रमुख आकर्षण नयाँ मोडलका कमोडहरू हुन्। आधुनिक डिजाइन, पानी बचत गर्ने प्रविधि र उच्च टिकाउपनसहित ल्याइएका यी कमोडहरूले नेपाली बाथरुमको प्रविधिमा नयाँ आयाम थप्ने विश्वास कम्पनीको छ। घरायसी तथा व्यवसायिक दुवै प्रयोजनका लागि उपयुक्त यी उत्पादनहरू सहज प्रयोग, सफाइमा सजिलो र दीर्घकालीन उपयोगलाई ध्यानमा राखेर निर्माण गरिएको बताइएको छ।
कम्पनीले यसै वर्षदेखि स्यानिटरी सामानको विस्तृत शृङ्खला पनि बजारमा ल्याएको छ। विशेषगरी बाथरुममा देखिने पानीको न्यून प्रेसर र सक्सन समस्यालाई समाधान गर्न शक्तिशाली फ्लसिङ सिस्टम जडित कमोडहरू सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। यस प्रविधिले कम पानीमा प्रभावकारी फ्लसिङ सुनिश्चित गर्छ ।
पञ्चकन्याले नेपालमै पहिलो पटक ‘स्मार्ट वाल हङ’ कमोड सार्वजनिक गरेको दाबी गरेको छ। भित्तामा झुन्डिने यो कमोडमा अटोमेटिक फ्लसिङ प्रविधि जडान गरिएको छ, जसले प्रयोगपछि स्वचालित रूपमा फ्लस हुने सुविधा दिन्छ। यस प्रकारको डिजाइनले बाथरुमको भुइँ सफा राख्न मद्दत गर्नुका साथै कीटाणु जम्न नदिने कम्पनीको भनाइ छ।
त्यसैगरी, कम्पनीले स्मार्ट कमोडहरू पनि बजारमा ल्याएको छ, जसको प्रारम्भिक मूल्य ७० हजार रुपैयाँबाट सुरु हुन्छ। यी कमोडमा ‘फुट टच’ प्रविधि जडान गरिएको छ, जहाँ खुट्टाले छोएपछि फ्लस हुने सुविधा उपलब्ध छ। यसले सरसफाइ र सहज प्रयोगलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
पञ्चकन्याका बेसिन पेडेस्टलहरू १० वर्षसम्म पहेँलो नहुने र चमक कायम रहने गरी उत्पादन गरिएको कम्पनीले दाबी गरेको छ। उत्पादनमा अन्तर्राष्ट्रिय स्तरका फिटिङ्स प्रयोग गरिएको जनाइएको छ।
उपभोक्ताको विश्वास सुदृढ गर्न कम्पनीले आकर्षक वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ। जसअनुसार सिट कभरमा ३ वर्ष, भित्री फिटिङ्समा २ वर्ष र ग्लेजमा १० वर्षको वारेन्टी प्रदान गरिनेछ।
पञ्चकन्या बाथवेयरका सेल्स हेड बसन्त रिजालका अनुसार कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डका उत्पादनहरू नेपाली बजारमा भित्राएको छ।
“हाम्रो उत्पादन दायरा निकै फराकिलो छ। सामान्य घरायसी प्रयोगका लागि सस्तो र टिकाउ उत्पादनदेखि स्मार्ट सेग्मेन्टमा ७० हजार रुपैयाँबाट सुरु हुने कमोडहरू उपलब्ध छन्,” उनले भने।
उनका अनुसार आगामी वर्षसम्म थप प्रविधियुक्त तर किफायती मूल्यका २ देखि ४ वटा नयाँ मोडल बजारमा ल्याउने तयारी भइरहेको छ। “हामी प्रविधि र मूल्यबीच सन्तुलन मिलाएर अझ सुलभ स्मार्ट उत्पादन ल्याउने योजनामा छौँ,” रिजालले भने।
पञ्चकन्याको नयाँ बाथवेयर शृङ्खलाले नेपाली बजारमा आधुनिकता, प्रविधि र स्वदेशी ब्रान्डप्रतिको विश्वासलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।