Ipo.aspx merolagani - शेयर बजारमा अब लगातार तीन दिन कारोबार नहुने

शेयर बजारमा अब लगातार तीन दिन कारोबार नहुने

Feb 12, 2026 03:54 PM Merolagani

शेयर बजारमा अब लगातार तीन दिन कारोबार नहुने भएको छ। 

साप्ताहिक बिदा र सरकारले दिएको सार्वजनिक बिदाका कारण शेयर बजार आगामी सोमबार मात्रै खुल्ने भएको हो।

साताको अन्तिम कारोबार दिन आज बिहीबारको कारोबार सकिएसँगै अब आगामी सोमबार मात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नियमित कारोबार सुचारु हुनेछ।

भोलि शुक्रबार फागुन १ गते शेयर बजार नखुल्ने, पर्सि शनिबार फागुन २ गते साप्ताहिक बिदा परेकाले बजार बन्द रहने र आउँदो आइतबार अर्थात फागुन ३ गते महाशिवरात्री पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकाले सो दिन पनि शेयर बजारमा कुनै कारोबार हुने छैन।

यसअनुसार लगानीकर्ताले अब तीन दिनको बिदापछि अर्थात आगामी सोमबार फागुन ४ गते बिहान ११ बजेपछि मात्रै शेयर खरिदबिक्री गर्न पाउनेछन्। बिदाका कारण शेयर बजारसँगै बैंक तथा वित्तीय संस्थाहरू तथा सरकारी कार्यालयहरू समेत आइतबारसम्म बन्द रहने भएकाले बजारमा हुने राफसाफका कामहरू पनि सोमबारपछि मात्रै प्रक्रियामा जानेछन्।

साताको अन्तिम दिन बिहीबारको बजार परिसूचक र कारोबार रकमको प्रभाव अब सोमबार खुल्ने बजारमा देखिनेछ।

comments powered by Disqus