बोर्डले गएको जेठमा मापदण्ड नपुगेको र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम भएको जनाउँदै आइपीओको पाइपलाइनबाट हटाएको १४ वटा कम्पनीमा बेनी हाइड्रोपावर पनि थियो । वित्तीय अवस्थामा सुधार गरेर पुनः आवेदन दिएका ८ कम्पनीमध्ये बेनी हाइड्रोपावरले पहिलोपटक अनुमति पाएको हो । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।