Ipo.aspx merolagani - नेप्सेले दियो गिरावटलाई निरन्तरता, काराेबार रकम भने बढ्याे

नेप्सेले दियो गिरावटलाई निरन्तरता, काराेबार रकम भने बढ्याे

Feb 17, 2026 03:09 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक २०.७५ अंक घटेर २६४२.१५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०८ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। सोमबार ७ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५४ स्टकको ८३ हजार ७५ पटकको कारोबारमा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार रुपैयाँबराबरको २ करोड ५ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूूल्य यस दिन ३३ रुपैयाँबढेर ३६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको सुपर मादी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५३ करोड ३६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको साढे ४४ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३१ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.११ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Feb 18, 2026 10:52 AM

फागुन ६ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको हो ।