Ipo.aspx merolagani - रिज लाइन इनर्जी ३० रुपैयाँमा कसरी भयो कारोबार ? कारण यस्तो

रिज लाइन इनर्जी ३० रुपैयाँमा कसरी भयो कारोबार ? कारण यस्तो

Mar 26, 2026 12:04 PM Merolagani

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबारदेखि कारोबार सुरु भएको रिज लाइन इनर्जी लिमिटेड (RLEL) को पहिलो कारोबारमा गम्भीर प्राविधिक त्रुटि देखिएको छ। स्पेसल प्रि-ओपन सेसनमा कम्पनीको शेयर प्रति कित्ता मात्र ३० रुपैयाँमा कारोबार भएपछि दोस्रो बजारमा हलचल मच्चिएको हो।

नेप्सेले यस कम्पनीको पहिलो कारोबारका लागि प्रति कित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो। तर, बिहीबार बिहानको स्पेसल प्रि-ओपन सेसनमा तोकिएको न्यूनतम सीमाभन्दा ७० प्रतिशत न्यून मूल्य अर्थात् ३० रुपैयाँमा १० कित्ता शेयर कारोबार भएको देखिएको छ।

यस विषयमा नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले यो एक प्राविधिक गडबडी भएको पुष्टि गरेका छन्। 'यो प्रणालीमा देखिएको प्राविधिक समस्या हो। जसलाई सच्याउन नेप्सेको प्राविधिक जनशक्तिले काम गरिरहेको छ,' पराजुलीले भने, 'जम्मा १० कित्ता शेयर ओपनिङ रेन्जभन्दा तल कारोबार भएको देखिएको छ। यसलाई केही क्षणमै सुधार गरी नियमित कारोबार सुचारु गरिनेछ।'

चैत ११ गते बुधवार नेप्सेमा सूचीकृत भएको यस कम्पनीको कुल १ करोड १८ लाख ५० हजार कित्ता शेयर दोस्रो बजारमा आएको हो। जसमा सर्वसाधारणका लागि वितरण गरिएको २६ लाख ७ हजार कित्ता र संस्थापक शेयरधनीहरूको ९२ लाख ९३ हजार कित्ता शेयर समावेश छ।

नेप्सेले कम्पनीलाई 'RLEL' स्टक टिकर प्रदान गरेको छ। प्राविधिक समस्याका कारण लगानीकर्ताहरूमा अन्योल सिर्जना भए पनि नेप्सेले यसलाई तत्काल सच्याउने तयारी गरेको छ। सुधारपछि कम्पनीको वास्तविक ओपनिङ रेन्जभित्रै रहेर नियमित सत्रमा कारोबार हुने अपेक्षा गरिएको छ।

comments powered by Disqus

भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।