Ipo.aspx merolagani - ह्वाइट हाउसद्वारा इरानमाथि ‘नर्क निम्त्याउने’ चेतावनी

ह्वाइट हाउसद्वारा इरानमाथि ‘नर्क निम्त्याउने’ चेतावनी

Mar 27, 2026 12:51 PM Merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी अमेरिका–इजरायल युद्धका विषयमा इरानले सम्झौता गर्न अस्वीकार गरेमा ‘नर्क निम्त्याउने’ ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बताए । प्रेस सचिव लेभिटले भने, ‘राष्ट्रपति ट्रम्पले खाली धम्की मात्र दिनुभएको होइन र उहाँ कठोर कदम चाल्न तयार हुनुहुन्छ ।

अब उप्रान्त हुने कुनैपनि हिंसाको जिम्मेवार इरानी शासन हुनेछ, किनकि उनीहरूले आफू पराजित भइसकेको कुरा बुझ्न र सम्झौतामा आउन अस्वीकार गरिरहेका छन् ।’

इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा वासिङ्टनले कोसँग वार्ता गरिरहेको छ भन्नेकुरा खुलाउन लेभिटले अस्वीकार गरे ।

 

उनले भने, ‘हामी यी वार्ता र संवादका विवरणहरूमा जाँदैनौँ, किनकि यी अत्यन्त संवेदनशील कूटनीतिक छलफलहरू हुन्।’

लेभिटले फेब्रुअरी २८ मा शुरु भएको यो युद्ध चार देखि ६ हप्तासम्म जारी रहने अनुमान गरिएको दाबी गरे । यता इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले इरान र अमेरिकाबीच कुनै वार्ता वा छलफल नभइरहेको बताए । बाघेईले भने, ‘अमेरिकी कूटनीतिलाई कसैले पनि विश्वास गर्न सक्दैन ।’

विगतमा आणविक मुद्दामा भएको वार्ताका क्रममा अमेरिकाले गरेका आक्रमणहरूले गर्दा इरानसँग अमेरिकी कुटनीतिको निकै कष्टकर अनुभव रहेको उनले उल्लेख गरे ।

इरानको मुख्य सैन्य कमान्ड ‘खातम अल–अन्बिया’ केन्द्रिय मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फगारीले आफ्नो आन्तरिक कलहका कारण अमेरिका आफैँसँग वार्ता गरिरहेको टिप्पणी गरे । उनले अमेरिकालाई आफ्नो हारलाई सम्झौताको रूपमा नलुकाउन आग्रह गर्दै भने, ‘शत्रुहरूले घमण्ड गर्ने रणनीतिक शक्ति अहिले रणनीतिक हारमा परिणत भएको छ ।’

comments powered by Disqus

सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।