मंगलवारदेखि चल्ने साधारण सभा र अधिवेशनमा प्रतिष्पर्धा गर्न लागि सोमवार काठमाडौंमा एक कार्यक्रमका बीच लामा समूहले उम्मेदवार घोषणा गरेको हो । लामाको समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एशोशिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले चुनाव लड्नेछन् ।
प्यानल घोषणा कार्यक्रममा बोल्दै लामाले सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्न लागेको भन्दै सरकारको स्पिरिटअनुसार काम गर्न आफूहरु प्रतिवद्ध रहेको बताए । उनले सार्वजनिक खरिद ऐन संशोधनका लागि व्यवसायीहरूले विगत तीन वर्षदेखि संसदको ध्यानाकर्षण गराउँदै आएको भएपनि राजनीतिक अस्थिरताको कारण त्यो काम सम्भव नभएको बताए ।
उनले भने, ‘नयाँ सरकारले सार्वजनिक खरिद ऐन ३० दिनभित्र संशोधन गर्ने वाचा गरेको न्युज सुनेको थिएँ । जुन ऐन संशोधन गर्नको लागि हामीले तीन वर्षदेखि संसदको ध्यानाकर्षण गरायौँ । तर मदुभाग्य कहिले संसद भंग हुने कहिले विघटन हुने भइरहयो । अब हामी सबै साना ठुला निर्माण व्यवसायीहरुले आआफ्नो काम गर्ने कि नगर्ने ? अब हामीले लोभिएर केही पाइन्छ कि भनेर लोभिनुभन्दा पनि इमानदारितापूर्वक काम गर्न म अनुरोध गर्न चाहन्छु ।’
लामाले व्यवसायीहरूलाई लोभमा नपरी इमान्दारितापूर्वक काम गर्न समेत आग्रह गरे।