हाल काठमाडौं–दिल्ली–काठमाडौं रुटमा आरए २१७/२१८बाट दैनिक एउटा उडान भइरहेको अवस्थामा यात्रुको बढ्दो चाप तथा उडानको मागलाई मध्यनजर गर्दै निगमले आरए २०५/२०६ बाट हप्ताको तीन दिन उडान थप गरी सञ्चालन गर्ने व्यवस्था मिलाएको जनाएको छ । अब निगमले काठमाडौं–दिल्ली–काठमाडौं हप्ताको १० वटा उडान सञ्चालन गर्नेछ ।