Ipo.aspx merolagani - नेप्से र ५ कम्पनीबीच बुक बिल्डिङ्गमार्फत शेयर निष्कासनका लागि सम्झौता

नेप्से र ५ कम्पनीबीच बुक बिल्डिङ्गमार्फत शेयर निष्कासनका लागि सम्झौता

Apr 16, 2026 05:49 PM merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र पाँच कम्पनीबीच बुक बिल्डिङ्ग निर्देशिका बमोजिम शेयर निष्कासनका लागि सम्झौता भएको छ।

सम्झौतामा नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड सहभागी छन्।

यी कम्पनीहरूले बुक बिल्डिङ्ग विधिमार्फत योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरको शिलबन्दी बोलपत्र प्रक्रिया सञ्चालन गर्न नेप्सेसँग सहकार्य गरेका हुन्।

यस प्रक्रियाअनुसार ठूला संस्थागत लगानीकर्ताहरूले पहिले शेयरको मूल्य प्रस्ताव गर्नेछन्, र सोही आधारमा सेयरको अन्तिम मूल्य निर्धारण गरिनेछ।

comments powered by Disqus

सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।