Ipo.aspx merolagani - जेनजी आन्दोलनमा जलाइएको बालकोटको घर ओलीले पुननिर्माण नगर्ने, यत्तिकै छोडिदिने

जेनजी आन्दोलनमा जलाइएको बालकोटको घर ओलीले पुननिर्माण नगर्ने, यत्तिकै छोडिदिने

Apr 23, 2026 03:04 PM Merolagani

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित आफ्नो घर पुनर्निमाण नगर्ने भएका छन् ।

कुनै बेला नेपालको राजनीतिको केन्द्र विन्दु मानिएको उक्त घरको बार्दलीमा बसेर ओलीले राजनीतिक नेता कार्यकर्तासँग विचार विमर्श गर्दथे । त्यसैकारण ‘बालकोटको वार्दली’ भन्ने मिथक नै बनेको थियो ।

जेनजी आन्दोलनको क्रममा जेनजी आगजनी गरेर ध्वस्त पारिएको त्यो घर अब आफूले पुननिर्माण नगर्ने जानकारी ओली दम्पत्तीले नजिकका नेता कार्यकर्तालाई गराएका छन् ।

क्षेत्रफल सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार बालकोटमा ओलीको डेढ रोपनी (करिब २४ आना) जग्गा रहेको छ। कतिपयले भने त्यसको क्षेत्रफलक करिब ४ रोपनी रहेको दावी गर्दै आएका छन्, जुन गलत रहेको ओली निकट स्रोतको भनाई छ । त्यहाँको जग्गा ओलीको नाममा नभई उनकी श्रीमती राधिका शाक्यको नाममा रहेको छ। उनले नेपाल राष्ट्र बैंकमा ३३ वर्ष जागिर खाएर आर्जन गरेको कमाइबाट यो जग्गा २०५० को दशकमा जग्गा किनेर घरको निर्माण कार्य २०६०/६१ गरिएको ओली दम्पत्तीले बताउने गरेका छन् ।

ओली २०६३ सालमा उपप्रधानमन्त्री हुँदा बुझाएको सम्पत्ति विवरणमा बालकोटमा घर बनाउनका लागि उनले एभरेष्ट बैंकबाट १० लाख र नेपाल बैंकबाट ६ लाख रुपैयाँ ऋण लिएको विवरण सार्वजनिक गरिएको थियो।

आफ्ना सन्तान नभएका ओली दम्पत्तीले विसं २०७७ मा आफू प्रधानमन्त्री रहेकै बेला त्यो घर र जग्गा आफ्नो मृत्युपश्चात नेपाल सरकारको नाममा हुने गरी दान दिने घोषणा गरेका थिए । त्यहीकारण अहिले आफ्नो कमजोर शारिरिक अवस्था र गुण्डुमा घर निर्माण भैरहेकोले बालकोटको घर पुननिर्माण नगर्ने निर्णयमा पुगेको बताइन्छ । ‘खासमा पुननिर्माण भन्ने अवस्थै छैन । बनाएमा नयाँ घर बनाउने हो, पुरानोलाई मर्मत सम्हार गरेर बस्न मिल्ने बनाउने अवस्था नै छैन । आगजनीबाट घर पूर्णरुपमा क्षतिग्रस्त छ । त्यसका इटाहरु पनि केही मात्रामा मात्र काम लाग्ने खालका छन् । धेरै त कामै नलाग्ने छन्’ ओली निकट एक एमाले नेताले मेरो लगानीसँग भने—उहाँ शारिरिकरुपमा निकै कमजोर हुनु भएको छ । त्यसैले हामीले गुण्डुमा घर बनाइदिन लागेका हौं । बालकोटको घर जग्गा सम्पत्ती मृत्युपर्यन्त सरकारलाई दिइसकेकोले सरकारले के गर्छ, त्यो उस्को कुरा भयो ।

comments powered by Disqus

यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।