Ipo.aspx merolagani - धितोपत्र बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान, वैशाख २१ गते भित्र आवेदन दिनुपर्ने

धितोपत्र बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान, वैशाख २१ गते भित्र आवेदन दिनुपर्ने

Apr 28, 2026 10:38 AM Merolagani

नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदपूर्ति गर्न सरकारले सार्वजनिक सूचना जारी गर्दै इच्छुक योग्य व्यक्तिहरूसँग दरखास्त माग गरेको छ ।

समितिले सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र आवश्यक कागजातसहित व्यक्तिगत विवरण पेश गर्न आग्रह गरेको छ। इच्छुक उम्मेदवारहरूले वैशाख २१ गतेभित्र अर्थ मन्त्रालय अन्तर्गतको सम्बन्धित महाशाखामा रहेको समितिको सचिवालयमा आवेदन दिनुपर्नेछ।

धितोपत्र बोर्डको अध्यक्ष पद गत वैशाख ४ गतेदेखि खाली छ। तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको हो। उनलाई २०८१ मंसिर १० गते अध्यक्षमा नियुक्त गरिएको थियो।

प्राप्त दरखास्तहरूको अध्ययन तथा मूल्याङ्कनपछि सिफारिस समितिले उपयुक्त उम्मेदवार छनोट गरी सरकारसमक्ष सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्दै धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्नेछ।

comments powered by Disqus

‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।