Ipo.aspx merolagani - पूर्वगृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न समिति गठन, प्रतिवेदन बुझाउन १५ दिनको समय

पूर्वगृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न समिति गठन, प्रतिवेदन बुझाउन १५ दिनको समय

May 15, 2026 06:21 AM Merolagani

सरकारले पूर्वगृहमन्त्री सुदन गुरुङ्गमन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ।

उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी वैशाख २८ गतेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो।

प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरुङ्गका सम्बन्धमा सार्वजनिक रुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानविन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी समितिलाई दिइएको छ।

 
comments powered by Disqus

लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।