Ipo.aspx merolagani - गत साता करिब १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

गत साता करिब १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

May 25, 2026 05:09 AM Merolagani

गत साता नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको छ। अघिल्लो साता २७३१.९४ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.९७ प्रतिशत अर्थात २६.५५ अंक बढेर २७५८.४९ विन्दुमा बन्द भएको हो।

सो साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो।

खरिदकर्ता बलियो

गत साता साप्ताहिक रुपमा नेप्सेले छोटो पुच्छर र टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसका साथै, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले बुलिश मारुबोजु जस्तै मैनबत्ती बनाएको छ। यसले सो साता र सो दिन बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

‘पर्ख र हेर’ को अवस्था

हाल नेप्से ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। आगामी दिनमा नेप्से परिसूचक उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यस्तै, ओरालो लागेमा भन २६४५ देखि २६९० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम कमजोर रहेका छ। गत साता दैनिक औषतमा ३ अर्ब ५५ करोड रुपैयाँको शेयर किनबेच भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब ९९ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ११.०२ प्रतिशत कम हो।

बुलिश क्रशओभर

गत साता नेप्सेमा बुलिश क्रशओभर बनेको छ। नेप्सेको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा नेप्से बढ्ने संकेत गर्दछ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

बिक्रीचाप घट्दै

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनबाट विस्तारै उक्लिने क्रममा रहेको छ। बजारमा बिक्रीचाप केही घट्न थालेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।