Ipo.aspx merolagani - एमबाप्पे चम्किँदा फ्रान्सको एकतर्फी जित, स्वीडेनलाई ३–० ले हराउँदै अन्तिम १६ मा प्रवेश

एमबाप्पे चम्किँदा फ्रान्सको एकतर्फी जित, स्वीडेनलाई ३–० ले हराउँदै अन्तिम १६ मा प्रवेश

Jul 01, 2026 05:02 AM Merolagani

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को हेभीवेट भिडन्तमा उपाधि दाबेदार फ्रान्सले स्वीडेनमाथि ३–० को सहज र सानदार जित हासिल गरेको छ।

न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले दुई गोल गर्दा ब्राडली बारकोलाले एक गोल थपे। यो जितसँगै फ्रान्सले प्रतियोगिताको अन्तिम १६ (राउन्ड अफ १६) मा आफ्नो स्थान सुरक्षित गरेको छ।

खेलको सुरुवातदेखि नै स्वीडेनमाथि दबाब बनाएको फ्रान्सले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लियो। माइकल ओलिसे र एमबाप्पेको सुन्दर समन्वयमा किलियन एमबाप्पेले आकर्षक गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।

दोस्रो हाफ सुरु भएको केही मिनेटमै फ्रान्सले आफ्नो अग्रता दोब्बर बनायो। खेलको ५३औँ मिनेटमा माइकल ओलिसेको जादुमयी पासलाई सदुपयोग गर्दै ब्राडली बारकोलाले बक्स बाहिरबाट शक्तिशाली प्रहारमार्फत बललाई जाली चुमाए। खेलको ७४औँ मिनेटमा ओलिसेकै चलाखीपूर्ण पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

स्वीडेनलाई पाखा लगाएसँगै फ्रान्सले अब क्वाटरफाइनल प्रवेशका लागि राउन्ड अफ १६ मा पाराग्वेको सामना गर्नेछ, जसले यसअघि जर्मनीलाई पराजित गरी ठूलो उलटफेर गरिसकेको छ। स्वीडेनको भने यो हारसँगै विश्वकप २०२६ को यात्रा टुङ्गिएको छ।

comments powered by Disqus

के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।